मंगलबार, वैशाख २५, २०८१

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

नेपालखोज २०८० पुष १३ गते १३:२६

सर्लाही । ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोल बस्ने ३२ वर्षीया बेबी ठाकुरलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले आफ्नै किराना पसलमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया