मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकले गर्याे पुनः २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० पुष १३ गते १४:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही पुस १६ गते सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने पुस १७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० चैत्र २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही पुस दुई गते पनि राष्ट्र बैकले १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया