आइतबार, जेठ ६, २०८१

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालखोज २०८० पुष १४ गते ६:२२

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सुरकुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक/दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया