आइतबार, जेठ ६, २०८१

नैतिक बल गुमाउदै गएको सरकारले भौतिक बलको प्रयोग बढाएको धारणा

नेपालखोज २०८० पुष १४ गते १४:२२

काठमाडौं । २०८० पुष १३ गते ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोलीे र बल प्रयोगका कारण २ जना होनहार युवाको मृत्यु भएको घटनाले मानब अधिकार तथा शान्ति समाज मर्माहत भएको छ । यो घटनामा मानबीय क्षतिलाई टार्न सक्नु पथ्र्याे । प्रहरीले अत्याधिक बल प्रयोग गरेका कारण २ जनाको मृत्यु भएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

पछिल्लो चरणमा भ्रष्टाचारमा लिप्त सरकारले नैतिक बल गुमाउदै गएको र भौतिक बलको प्रयोग बढ्दै गएको देखिन्छ । मानब अधिकार तथा शान्ति समाज कुनै पनि आगजनी तोडफाेडको सदैब निन्दा गर्दछ । युवाको पिडा नबुझ्ने सरकारी संयन्त्र र नागरीकको समस्या संम्बोधन नगर्ने सरकारका कारण आम नागरीकमा आक्रोस बढ्दै गइरहेको देखिन्छ ।

पुष १३ गते बिहानै देखी कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै सो क्षेत्रमा हजारौं युवाहरुले प्रदर्शन गरिरहेको अशान्त स्थितिमा पार्टीको कार्यक्रममा भाग लिन हिँडेका मन्त्री प्रकाश ज्वाला चढेको गाडी सो क्षेत्रमा प्रवेश गर्नुले स्वयं मन्त्री ज्वाला र सरकारी निकायको समेत कमजोरी देखिन्छ ।

गत मंसिर महिना देखि काठमाडौ उपत्यकामा भइरहेका प्रदर्शनहरुमा प्रहरी प्रशासनको दुरुपयोग भएको र त्यस्तो दुरुपयोग रोक्न शान्ति समाजले यस अघि नै सरकारलाई आग्रह गरिसकेको छ । यसै गरी शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पुष ८ गते प्रहरी महानिरीक्षकलाइ पत्र लेखी प्रहरीले अबलम्बन गर्न थालेको आक्रामक एवं स्वेच्छाचारी शैली प्रति चिन्ता ब्यक्त गर्दै ध्यानाकर्षण गराएका थिए ।

मानब अधिकार तथा शान्ति समाज संयुक्त राष्ट्रसंघ महासभाद्वारा १७ डिसेम्वर १९७९ मा पारित (प्रस्ताव नम्बर ३४-१६९) “कानून कार्यान्वयन गर्ने अधिकारीका लागि आचारसंहिता”को सदैव पालना एवं सम्मानका लागि सम्वन्धित सबैलाई पुन ध्यानाकर्षण गराउँछ ।

प्रतिक्रिया