आइतबार, जेठ ६, २०८१

बालकुमारीमा मारिएकाहरुप्रति रंगशालामा दर्शकले दिए श्रद्धाञ्जली  

नेपालखोज २०८० पुष १४ गते १८:४१

काठमाडौं । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

दर्शकहरुले दुई युवकको तस्वीर राखेर हार्दिक श्रद्धाञ्जली लेखेको प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया