सात किलो अवैध लागूऔषध गाँजा बरामद

नेपालखोज २०८० पुष १६ गते ११:२९

मोरङ । जहदा गाउँपालिका–१ पश्चिम बरीया टोलस्थित परालको कुन्युभित्रबाट अवैध लागूऔषध गाँजा ७ किलो गएराति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया