नयाँ बर्षमा केहि लेख्नु पर्दा ….

हिन्दु धर्मावलम्बीहरु लागि यो इस्वी संवतको नयाँ वर्ष होइन । हामी हिन्दु नेपालीले यसलाई नमनाए पनी केही फरक नपर्ला । यो अङ्ग्रेजी नयाँ वर्ष दस – पन्द्र बर्ष यता देखि हाम्रो देशमा हाम्रा नयाँ पुस्ताले बडो धुमधाम सङ मनाइ रहेका छन । बरु हाम्रो नयाँ बर्षमा रमाइलो गरि मनाउने चलन घटदै गएको देख्छु । भारतमा पनि अंग्रेज़ शासन आए देखि मात्र जनवरी को पहिलो तारिखमा नयाँ वर्ष मनाउने गरिएको हो। त्यो भन्दा पहिले भारतमा जनवरीमा मनाउने चलन थिएन ।
नयाँ वर्ष सन् २०२४ जनवरी आज राति १२बजे पछी शुरु हुँदैछ । तर यस्को खुसीयामीमा दुई – तीन दिन अगाडी देखि नै नेपालका बजारहरु मा धनी र कुलीनवर्गको किनमेल गर्ने भिडवाड छ । रेस्टुरेन्ट र होटेलमा चहल पहल र होहल्ला देखिन लागेको छ । हरेक नयाँ बर्षमा मानिसहरु को उत्साह र खुशी देखेर म यो सोच्ने गर्थे कि यो नयाँ बर्षमा केहि खास होला।
जनताको जीवन स्तरमा केही परिवर्तन खुशियाली आउला । देशमा केही गरिबी घटला । गत बर्षको तुलनामा केही राम्रो होला । तर अफसोस ! मेरो सबै सपनाहरु बालुवामा पानी हाले जस्तै भइरहेछ। हामी काहाँ राजनैनिक परिवर्तन भए पनी केहीपनि उपलब्धि भएन भन्न त नसकिएला । तर जनताले सोचेजस्तो देशमा आर्थिक उन्नती र प्रगती चाहिँ भएन। यो बर्ष त जनताको आर्थिक अवस्था विगतको तुलनामा झन खत्तम नै होला जस्तो देखिन्छ ।
हरेक नयाँ बर्षमा जस्तै भोलि पनि हजारौं खसी र कुखुराहरु काटि एला। क्लब , होटल ,रेस्टुरेन्ट र वारहरुमा मनोरञ्जनको नाउँमा पैसावाल हरुले रक्सिको खोला बगाएर स्त्रीहरुको अर्ध नग्न नाँच र वेश्यावृत्ति पनि गर्लान् । फेरि देशको को दश पन्ध्र स्थाहरुमा होहल्ला , गुंडागर्दी , झगडा र मारपिट पनि होला। अनि रक्सीको नशामा महिलाहरु माथी शोषण , अत्याचार र घरेलु हिंसा विगत जस्तै पनि होला ।
हाम्रो देशको बजेटको आकार प्रत्येक बर्ष ठुलो हुँदै गएपनि युवा – युवती हरुको जनसंख्या चाहिं पातलीदै गएको छ । देशमा रोजगारी छैन । देशको हरेक क्षेत्रहरु अहिले ध्वस्त छ । रेमिटान्सको पैसाले केहिलाइ केही स्थानमा राम्रै पनि भएको होला । तर अहिले देशको समग्र स्थिति भने राम्रो चाहिँ छैन । अहिले चारैतिर अन्योल छ । अराजक छ ।
झुठको खेती छ। केन्द्र र प्रदेश सरकारहरुमा सुस्तता छ। लोकतन्त्र आएपनि अहिलेसम्म हाम्रो त्यही सुस्त र सामन्ती समाज छ । त्यही पुरानो मुख्य राजनैतिक पार्टीहरु सत्तामा छन। अनि सो पार्टीका त्यही पुराना अनै तिक र भ्रष्ट नेताहरुको नेतृत्व र जगजगी छ । जुन सरकार आए पनि त्यही अघिल्लो सरकारको जस्तै गति र चाला छ । जनताहरु बिच पनि त्यही जातपात , त्यही साम्प्रदायिक भावना , त्यही वाल मजदुरी ।
महिलाहरुलाई बिदेशमा लगेर त्यही बेच बिखन। गरिव माथी त्यही थिचोमिचो र शोषण ।कर्मचारीवर्गको त्यही घुषखोरी । भारत बाट हजारौं भारतियहरुको त्यही घुसपैठ। ब्यापारीहरुको त्यही ठगी , तस्करी , जमाखोरि । बजारमा त्यही महंगी । त्यही बिचौलियाहरुको जगजगी । देशमा त्यही हत्या, हिंसा , बलात्कारको पुनरावृत्ति र बढोत्तरी छ । त्यसैले आगामी दिनमा नेपाली जनताले राजनीति सिद्धान्त र राजनैतिक दलको नाता बाट माथी उठि गम्भीर भएर नयाँ ढंगले केही सोच्नु पर्ने बेला आएकोछ ।
हामी सबैको सोचमा परिवर्तन हुनु पर्यो। ब्यक्तिगत स्वार्थ लाई त्याग्नु पर्यो । रास्ट्रिय स्वार्थ लाई अगाडी सार्नु पर्यो। आफ्नो हृदयमा प्रेम र सदभावको संचार हुनुपर्यो । नभए बिदेशी चलखेलले हाम्रो रास्ट्रि यता,धर्म ,संस्कृति, सभ्यता र आर्थिक अवस्था बर्वाद पार्नेवाला देख्छु र हाम्रो रास्ट्र धरापमा पर्नेवाला छ ।
गत बर्षको आम निर्वाचनको परि णामले अध्यारोमा जुनकीरीको किरणले केही आशा जगाएको जस्तो चाहिँ छ । राजनितिमा केही युवाहरुको हस्तक्षेपले केही परिवर्तन आउँला कि भन्ने आशा छ । तर हाम्रो संस्कार र ब्यक्तिबादी प्रवृत्तिले त्यस्मा तुसारापात त गर्दैन ? धेरै के लेखुँ । आगामी दिनहरूमा सबैको जय होस् भन्ने चाहान्छु । अंग्रेज़ीको नयाँ बर्षमा सबैमा मेरो शुभकामना ।

प्रतिक्रिया