शनिबार, वैशाख २९, २०८१

बढ्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० पुष १७ गते ११:४१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया