शनिबार, वैशाख १५, २०८१

३० अंकले घट्दा चार अर्बको सेयर किनबेच

नेपालखोज २०८० पुष १७ गते १५:२६

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन आठ दशमलव ७५ अंंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंंगलबार पनि ३० दशमलव शुन्य पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५४ अंकले घटेर तीन सय ८० दशमलव ५३ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८५ हजार चार सय ३५ पटकको कारोबारमा एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौं सय २२ रुपैंयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ७६ अंकले घटेर एक हजार एक सय ७८ दशमलव ३४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव ५५ अंकले घटेर तीन हजार आठ सय ९७ दशमलव १५ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २३ दशमलव ८४ अंकले घटेर १७ सय ३५ दशमलव २८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३१ दशमलव २३ अंकले घटेर २३ सय १५ दशमलव शुन्य दुई अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ३४ दशमलव ६१ अंकले घटेर १० हजार आठ सय ५० दशमलव १३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १३ दशमलव ५६ अंकले घटेर ११ हजार १२ दशमलव ८० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ८१ दशमलव ३४, शुन्य दशमलव १५, ७५ दशमलव ३२, ४७ दशमलव ६९, शुन्य दशमलव १९, १० दशमलव ४३ र ३१ दशमलव २२ अंकले घटेका छन् ।

नेप्सेमा आज चिर्खा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर पाँच सय ३१ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर तीन सय ४८ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता पाँच सय ७५ रुपैंयाँ अन्तिम मुल्यमा १६ करोड ११ लाख सात हजार नौं सय ५६ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया