आइतबार, जेठ ६, २०८१

महेन्द्र भोटे र भविश्वर अर्याल अदालतमा हाजिर

नेपालखोज २०८० पुष १७ गते २०:०२

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर भएका छन् ।

भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार भोटे र अर्याल कानुन व्यवसायीका साथ मंगलबार अदालतमा हाजिर भएका हुन् ।
प्रहरीले फरार अभियुक्तलाई पक्राउ नगरेको भन्दै दबाब परिरहेका बेला उनीहरु अदालतमै उपस्थित भएका हुन् ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने भारतमा रहेको आफूहरुले थाहा पाएको र अहिले लुक्दै अदालतमा हाजिर भएको बताए । रेडकर्नर नोटिस जारी गर्ने तयारीपछि आफैं हाजिर हुन आइपुगेको उनको भनाइ छ ।

भोटे र अर्यालको मंगलबार अदालतमा बयान लिइएको र बुधबार पनि जारी रहने एसपी थापाले जानकारी दिए । बयान चलिरहेकाले अहिले उनीहरुलाई प्रहरीले हिरासतमै राखेको छ ।

प्रतिक्रिया