आइतबार, जेठ ६, २०८१

इजरायलको ड्रोन आक्रमणमा हमासका एक कमाण्डर मारिए

नेपालखोज २०८० पुष १८ गते ८:०२

काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।

तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ ।

हमासले भने एल-अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।

प्रतिक्रिया