आइतबार, जेठ ६, २०८१

अपडेट : इरान बम विस्फोटमा १०३ जनाको मृत्यु

नेपालखोज २०८० पुष १९ गते ७:३०

काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका इरानी कुद्स फोर्सका तत्कालीन प्रमुख जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जनाको मृत्यु भएको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर १०३ पुगेको छ ।’

बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

इरानका जनरल कासिम सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । उक्त मस्जिदमा सुलेमानीको शव गाडिएको छ ।

बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा उनी मारिएका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी मारिएको बताएका बताएका थिए । सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा पनि कम्तिमा ३५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया