शनिबार, वैशाख १५, २०८१

जापानमा भूकम्पपछिको बहस: भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता महसुस

नेपालखोज २०८० पुष २२ गते १४:२९

काठमाडाैं । नयाँ वर्षको सुरुवातसँगै आएको भूकम्पको दुखद घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।

घटनाले भूकम्पको पूर्वानुमान गर्ने र सूचना दिने एआई प्रणालीको आवश्यकता रहेको देखाएको छ । जसरी अहिले एआईको क्षेत्रमा ठुलो प्रगति भइरहेको छ, सोही कारण चाँडै नै भूकम्प पूर्वानुमानमा गर्ने एआई प्रविधिको सफलता हासिल हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन्।

यस भूकम्प पूर्वानुमान प्रविधि बारे केही वर्ष अगाडि देखि अनुसन्धानहरू सुरु भइसकेको छ । गत वर्ष अमेरिकाको टेक्सस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चीनमा सात महिना सो विषयमा परीक्षण गरे। सेप्टेम्बरमा ‘सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिका’ बुलेटिनमा प्रकाशित सो अध्ययनले एआई एल्गोरिदमले ७०% भूकम्पको एक हप्ता अघि नै सही भविष्यवाणी गरेको खुलासा गरेको थियो।

अन्वेषकहरूले एआईलाई पाँच वर्षको भूकम्प रेकर्डिङ प्रयोग गरेर तालिम दिएका थिए भने अहिलेको भूकम्पीय गतिविधिमा आधारित आगामी भूकम्पहरू पूर्वानुमान गर्ने परीक्षण गरिएको थियो ।

अन्वेषकहरूको अर्को समूहले प्रारम्भिक भूकम्प पछि सम्भावित परकम्पहरूको स्थानहरू पूर्वानुमान गर्न न्युरल नेटवर्कहरूको विकास गरेका छन् । अरूले भूकम्पीय तरङ्गहरू पत्ता लगाउन पृथ्वीको टेक्टोनिक गतिविधिको क्रममा हुने कम्पनमा मेसिन लर्निङ प्रयोग गरिरहेका छन् ।

२०१३ मा भूकम्पविद् एली हचिसनको एमआईटी टेक्नोलोजीको समीक्षा अनुसार भूकम्पको भविष्यवाणीलाई खारेज गरिएको थियो। साथै आजसम्म कुनै पनि वैज्ञानिकहरूले ठुलो भूकम्पको सफलतापूर्वक भविष्यवाणी नगरेको यूएस जियोलोजिकल सर्भेको दाबी छ ।

तैपनि, एआई मा भएको प्रगति र भूकम्पको भविष्यवाणीमा बढ्दो अनुसन्धानले वैज्ञानिकहरूका बिचमा आशावादलाई बढुवा दिइरहेको छ, जसले थप सफलताहरूको सम्भावना देखाउँछ।

जनवरीमा जापानको पश्चिमी किनारमा रहेको नोटोमा ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले मानवीय क्षतिका साथै ठुलो मात्रामा भौतिक क्षति भएको थियो । -INS

प्रतिक्रिया