आइतबार, वैशाख २३, २०८१

शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र

नेपालखोज २०८० पुष २३ गते १५:५२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनदेखि गुफा (कुन्छाम्)मा शान्ति रअहिंसाका लागि प्रार्थना गरिरहेका छन् ।

खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरु डेढमहिनाका लागि गुफा बसेका हुन् ।

उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाईबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् ।

‘तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने,’ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।’ कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।’ पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

प्रतिक्रिया