शनिबार, वैशाख १५, २०८१

२० अंकले बढ्दा छ अर्ब ११ करोडको कारोबार

नेपालखोज २०८० पुष २४ गते १५:२४

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३६ दशमलव ५७ अंकले बढेको नेप्से आज पुन २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६४ अंकले बढेर तीन सय ८२ दशमलव ९२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख चार हजार छ सय १९ पटकको कारोबारमा एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक ११ दशमलव ४९ अंकले घटेर २५ सय १३ दशमलव ७० अंकमा झरेकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः दुई दशमलव ४७ र शुन्य दशमलव शुन्य दुई अंकले घटेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव ७९ अंकले बढेर ११ सय ६९ दशमलव ४३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय छ दशमलव पाँच अंकले बढेर ४१ सय ५९ दशमलव ३६ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ६४ दशमलव ४६ अंकले बढेर १८ सय ३४ दशमलव ६२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव शुन्य छ अंकले बढेर ११ हजार २८ दशमलव ४२ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव ६४ अंकले बढेर ११ हजार एक सय ६६ दशमलव ५१ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ६२ दशमलव २८, एक दशमलव शुन्य एक, ४० दशमलव ८३, २८ दशमलव ९४ र २६ दशमलव ८६ अंकले बढेका छन् ।

नेप्सेमा आज कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ६१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव १९ प्रतिशतले घटेर नौं सय ३१ रुपयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता चार सय ९३ रुपैंयाँ अन्तिम मुल्यमा २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुका कारोबार मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया