शनिबार, जेठ ५, २०८१

डा. विशद दाहालको निलम्बन फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

नेपालखोज २०८० पुष २४ गते १६:१०

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले काठमाडौं मेडिकल कलेजका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

काठमाडौं विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री राईले उपकुलपतिलाई पत्र लेखेर डा. दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार पार्न निर्देशन दिएका हुन् ।

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकमाथि अमानवीय व्यवहार भएको भन्दै विरोध गरेपछि काठमाडौं मेडिकल कलेजले डा. दाहाललाई एक महिना निलम्बन गरेको थियो । काठमाडौं विश्वविद्यालयले निलम्बन फिर्ता लिन निर्देशन दिएपछि कलेजले मानेको छैन ।

प्रतिक्रिया