शनिबार, जेठ ५, २०८१

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आवतजावत अहिलेसम्मकै धेरै

नेपालखोज २०८० पुष २८ गते १४:२५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् ।

सन् २०२३ मा त्रिभुवन विमानस्थलको बाटो भएर ४५ लाख ४१ हजार १३७ जनाले आवतजावत गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यो संख्या सन् २०२२ को तुलनामा ३०.१८ प्रतिशतले बढी हो ।

कोरोना महामारीको समयअघि सन् २०१८ मा भन्दा ४.५ प्रतिशतले बढी रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण संख्या ३१ हजार ४६० रहेको छ । यो अवधिमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् । फ्लाइट संख्या सन् २०२२ को तुलनामा २९.४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ भन्दा १०.७६ प्रतिशतले कम हो ।

प्रतिक्रिया