सोमबार, वैशाख १७, २०८१

धार्मिक पर्यटकीय स्थल बैतरणी धामको महत्व

नेपालखोज २०८० पुष २९ गते ६:०३

ललितपुर । काठमाडौं उपत्यका धार्मिक पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण मानिन्छ । पशुपतिनाथको मन्दिरदेखि पितृमोक्षका लागि श्राद्ध गरिने उत्तर गया समेत काठमाडौं जिल्लामा नै छ ।

त्यतिमात्र होइन धार्मिक विश्वासका आधारमा भन्ने हो भने आफूले जानेर वा नजानेर गरिएका पापको मोक्ष प्राप्तिका लागि गरिने वैतरणी धाम पनि काठमाडौं उपत्यकामा नै रहेको छ ।

सरकारले पर्यटन वर्ष मनाईरहँदा ललितपुर जिल्लाको दक्षिण भेगमा गरेको महाँकाल गाउँपालिकामा पर्ने गोटीखेलमा रहेको वैतरणी धाम निकै महत्वपूर्ण स्थलमा रुपमा रहेको छ ।

पशुपतिनाथ, बौद्ध, बुढानिलकण्ठ, गोकर्णेश्वर, सुन्दरीजल स्वयम्भु जस्ता धार्मिक पर्यटीय स्थलहरुले जस्तै विशेष महत्व वोकेको छ -बैतरणी धामले ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको विशेष भ्रमण स्थल बनाउने हो भने त्यहाँको आर्थिक विकासमा निकै नै टेवा पुग्न सक्छ । काठमाडौंबाट करीव ६५ किलोमिटरको दुरीमा रहेको छ वैतरणी धाम ।

प्रतिक्रिया