शनिबार, जेठ ५, २०८१

आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

नेपालखोज २०८० पुष २९ गते ६:२१

काठमाडौं ।  आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ |

यस्तै, आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया