शनिबार, वैशाख १५, २०८१

३१ अंकले बढ्दा पाँच अर्ब ४५ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष २९ गते १५:३०

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३१ दशमलव ६२ अंकले बढेर २१ सय २० दशमलव ६२ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८८ दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ९४ हजार पाँच सय २६ पटकको कारोबारमा एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन र ट्रेडिङ समुहको सुचक क्रमशः एक दशमलव शुन्य नौं र २७ दशमलव ६५ अंकले घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ५६ अंकले बढेर ११ सय ८६ दशमलव ९७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ५० दशमलव ९८ अंकले बढेर चार हजार एक सय ५२ दशमलव २८ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि २८ दशमलव १६ अंकले बढेर १८ सय ४४ दशमलव ५३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय १६ दशमलव ५७ अंकले बढेर २६ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव ७१ अंकले बढेर १० हजार नौं सय ३२ दशमलव ३२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक दशमलव २२ अंकले बढेर ११ हजार ९५ दशमलव २१ अंकमा पुगेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचकम पनि क्रमशः एक दशमलव शुन्य एक, ६१ दशमलव ९६, ७३ दशमलव ७६, शुन्य दशमलव १५ र ४४ दशमलव २५ अंकले बढेका छन् ।

नेप्सेमा आज हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुुई सय ६४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा मेगा म्युचुअल फण्ड १ को प्रतियुनिट सेयर मुल्य नौैं दशमलव ५३ प्रतिशतले घटेर सात रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक सय रुपैंयाँ अन्तिम मुल्यमा ३५ करोड ६८ लाख ३८ हजार सात सय २० रुपैंयाँको सेयर किनबेच भएको छ । यो कारोबार भएको मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया