आइतबार, वैशाख १६, २०८१

माघ १५ गतेबाट अनलाइन सेवा थाल्ने त्रिविकाे निर्णय

नेपालखोज २०८० माघ २ गते १८:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भएको छ ।परीक्षा नियन्त्रण कार्यलय बल्खुले यहि माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो ।

त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको आज बसेको बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई पेमेन्टको सुविधासहित यहि मिति २०८० माघ १५ गते सोमवारदेखि संचालन गर्ने निर्णय भएको  पनिकाले जनाएकाे  छ ।

अनलाइसेवाको कार्यान्वयन विधिको विस्तृत जानकारी माघ १० गतेका दिन कार्यलयको वेवसाइटमा राखिने जनाइएको छ ।

प्रतिक्रिया