आइतबार, वैशाख १६, २०८१

घट्याे सुनचाँदीको भाउ

नेपालखोज २०८० माघ ३ गते ११:१७

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ ।

प्रतिक्रिया