आइतबार, वैशाख १६, २०८१

रेखा शर्माको एक वर्षे उपलब्धि (पूर्णपाठ)

नेपालखोज २०८० माघ ४ गते १८:४५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आफूले गरेका कामको विवरण सार्वजनिक गरेकी छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आम सञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रणले सञ्चार र सूचना प्रविधि क्षेत्रका पछिल्लो समय प्रभावकारी काम भएको बताइन् ।

मन्त्री शर्माले कानूनी, नीतिगत र संरचनात्मक सुधारमार्फत सो क्षेत्रको पुनर्संरचनाको काम थालिएको जानकारी गराइन् । एक वर्षको बीचमा केही नीति र नियमावली पारित भएर कार्यान्वयनमा आएको र अन्य आवश्यक कानून, नीति र नियमावलीहरू नयाँ बन्‍ने र संशोधन हुने प्रक्रियामा अघि बढेको उनको भनाइ छ ।

कानूनी र नीतिगत सुधारमार्फत नेपालको सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पुनःसंरचना गर्न सकिने मन्त्री शर्माको विश्वास छ । सरकारी विज्ञापनको कारोबारमा चुहावट बढेको, विज्ञापनका लागि छुट्याइएको रकमको थोरै प्रतिशत मात्र सञ्चारमाध्यममा जाने गरेको, विज्ञापन बजारमा अपारदर्शिता बढ्दै गएको गुनासो सम्बोधन गर्न विज्ञापन (नियमन गर्ने) नियमावली, २०८० संशोधन गरी कार्यान्वयनमा ल्याइएको उनको कामको उपलब्बिको सूचीमा उल्लेख छ ।

मन्त्रालय र मातहतका निकायमा वर्षौंदेखि अल्झिएका समस्यामा परेका उजुरीका बारेका छानबिन अघि बढाइएको पनि उनले बताइन् ।

दूरसञ्‍चार पूर्वाधारमा भैरहेको दोहोरो लगानी न्यूनीकरण गर्न सेवाको माग, आवश्यकता, उपलब्धता तथा संभाव्यताका आधारमा पूर्वाधारहरुको सहप्रयोग गर्ने नीति लिइने मन्त्रीले बताइन् । नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढेको पनि शर्माले उल्लेख गरेकी छ्न् ।

हेर्नुस् शर्माले मन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा गरेका काम र प्राप्त उपलब्धिको फेहरिस्त

प्रतिक्रिया