शनिबार, वैशाख १५, २०८१

चीनले बनायो चमत्कारी ब्याट्री, एकपटक चार्ज गरेपछि ५० वर्षलाई पुग्ने

नेपालखोज २०८० माघ ५ गते ११:१५

काठमाडौैं । छिमेकी मुलुक चीनले प्रविधि जगतमा निकै महत्वपूर्ण आविष्कार गरेको छ जसले स्मार्टफोनको दुनियाँमा ठूलो परिवर्तन ल्याउन सक्नेछ ।

मोबाइल फोनको ब्याट्री एकपटक चार्ज गरेपछि ५० वर्षसम्म फेरि चार्ज गर्न नपर्नेगरी ब्याट्रीको चार्ज टिक्छ भन्ने कुरा कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ । तर चीनले यो काल्पनिक कथालाई सम्भव पारिदिएको छ ।

उसले एउटा यस्तो ब्याट्री बनाएको छ जसलाई मोबाइल फोन तथा ड्रोनहरुमा प्रयोग गर्न सकिन्छ । अनि त्यो ब्याट्री एकपटक पूरा चार्ज गरेपछि ५० वर्षसम्म चल्दछ ।

द इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्ट अनुसार बेइजिङमा रहेको Betavolt कम्पनीले एक आणविक ब्याट्री तयार गरेको हो । यो चिनिया ब्याट्री यस अर्थमा निकै विशेष छ कि यो आम रुपमा देखिने ठूलो आकारका न्युक्लिएर ब्याट्रीको तुलनामा निकै सानो छ ।

यसको आकार वास्तवमा एउटा सिक्काजत्रो मात्र हुनेछ । यको आकार १५ गुणा १५ गुण १५ मिलिमिटर हुनेछ । त्यसैले यसलाई कुनैपनि स्मार्टफोनमा प्रयोग गर्न सकिनेछ ।

यो ब्याट्रीको प्रयोगबाट आगामी दिनमा स्मार्टफोनहरु ऋझै पातलो तथा हलुका बन्नेछन् । साथै यो नै आणविक उर्जाबाट चल्ने पहिलो ब्याट्री हुनेछ ।

यो नयाँ पुस्ताको ब्याट्रीको चिनियाँ कम्पनीले परीक्षण गरिसकेको छ र छिटै नै .फोन तथा ड्रोनजस्ता उपकरणको लागि यो फोनको व्यवसायिक उत्पादन सुरु हुने बताइएको छ ।

यो ब्याट्रीको प्रयोग एरोस्पेस, एआई उपकरण, मेडिकल उपकरण तथा माइक्रोफानसँगै एडभान्स्ड सेन्सर, सानो आकारका ड्रोन र माइक्रो रोबोटमा पनि गर्न सकिेनछ ।

यो नयाँ आविष्कारसँगै चीनले प्रविधिको क्षेत्रमा वैश्विक तहमा थप नेतृत्वदायी स्थान हासिल गर्नसक्ने आँकलन विज्ञहरुले गरेका छन् ।

यो ब्याट्रीले १०० माइक्रोवाट उर्जा उत्पादन गर्दछ । सन् २०२५ सम्ममा यसलाई अझै विकसित गरी १ वाट पूराउने लक्ष्य राखिएको छ ।

बेटाभोल्ट कम्पनीका अनुसार यो ब्याट्रीको विकिरणले मानिसको सरीरमा कुनैपनि असर गर्नेछैन । यो ब्याट्रीको प्रयोगबाट पेसमेकर जस्ता मेडिकल डिभाइस पनि तयार गर्न सकिनेछ ।

कम्पनीका अनुसार यो ब्याट्रीमा आगो लाग्ने तथा विस्फोट हुने डरपनि हुनेछैन । साथै यसले माइनस ६० देखि १२० डिग्री सेल्सियस तापमान सम्ममा काम गर्ने बताइउको छ । 

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया