शनिबार, वैशाख १५, २०८१

२५ अंकले घट्दा सात अर्ब ६७ करोडको सेयर किनबेच

नेपालखोज २०८० माघ ७ गते १५:२८

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २५ दशमलव ६३ अंकले घटेर २१ सय ३० दशमलव १८ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४१ अंकले घटेर तीन सय ८६ दशमलव २० अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको एक लाख ६६ हजार नौं सय ८३ पटकको कारोबारमा दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैंयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुचक पाँच दशमलव ५० अंकले बढेर २७ सय दशमलव शुन्य पाँच अंकमा पुग्दा अन्य समुहको सुुचक पनि २३ दशमलव ९५ अंकले बढेर १७ सय ५८ दशमलव ३५ अंकमा पुगेको छ ।

यि बाहेकका बाँकी समुहहरुको सुचक भने आज घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक २९ दशमलव ३० अंकले घटेर ११ सय ७९ दशमलव १८ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १० दशमलव ८९ अंकले घटेर चार हजार एक सय ३१ दशमलव २९ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४७ दशमलव ७२ अंकले घटेर १८ सय २० दशमलव ५७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८० दशमलव ६५ अंकले घटेर १० हजार आठ सय ५५ दशमलव ८८ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ६६ अंकले घटेर ११ हजार ५६ दशमलव ५४ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमश : ९३ दशमलव ४०, एक दशमलव ६३, ७६ दशमलव ८८, ५५ दशमलव ७२, शुन्य दशमलव शुन्य तीन र ३३ दशमलव १८ अंकले घटेका छन् ।

नेप्सेमा आज अरुण खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९७ प्रतिशतले बढेर दुई सय ३५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सिईडिबी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव २७ प्रतिशतले घटेर एक हजार ६० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज छ सय ८२ रुपैंयाँ अन्तिम मुल्यमा ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया