आइतबार, वैशाख १६, २०८१

३१ अंकले घट्दा छ अर्ब ३६ करोडको सेयर किनबेच

नेपालखोज २०८० माघ ८ गते १५:२२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । अघिल्लो दिन २५ दशमलव ६३ अंकले घटेको नेप्से आज पुन ३१ दशमलव ४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ प्रतिशतले घटेर तीन सय ८१ दशमलव ३६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख ५० हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा ट्रेडिङ समुहको सुुचक १० प्रतिशतले बढेर २८ सय ६४ दशमलव १३ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक १३ दशमलव ११ अंकले घटेर ११ सय ६६ दशमलव शुन्य सात अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ६३ दशमलव ७१ अंकले घटेर चार हजार ६७ दशमलव ५७ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ३२ दशमलव ५१ अंकले घटेर १७ सय ८८ दशमलव शुन्य पाँच अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ५३ अंकले घटेर २६ सय ३९ दशमलव ५२ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचकम पनि ८१ दशमलव शुन्य पाँच अंकले घटेर १० हजार सात सय ७४ दशमलव ८३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि एक सय ३७ दशमलव २६ अंकले घटेर १० हजार नौं सय १९ दशमलव २८ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ३३ दशमलव ७६, एक दशमलव ५२, ७८, ७६ दशमलव ४२, शुन्य दशमलव शुन्य एक र ३१ दशमलव ८५ अंकले घटेका छन् ।

नेप्सेमा आज अपर स्याङगे हाईड्रोपावर लिमिटेडको सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ५२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा दोर्दी खोला जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव ३३ प्रतिशतले घटेर तीन सय ८५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता छ सय ४६ रुपैंयाँ अन्तिम मुल्यमा ७८ करोड ६३ लाख ८३ हजार चार सय ९२ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएको कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया