मंगलबार, वैशाख २५, २०८१

सपनामा धन प्राप्त हुने संकेत !

नेपालखोज २०८० माघ १२ गते ६:१८

हिन्दू धर्ममा माता लक्ष्मीलाई धनकी देवी मानिन्छ, माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्नेलाई कहिल्यै सुख र समृद्धिको कमी हुँदैन भन्ने विश्वास गरिन्छ ।

शास्त्रमा माता लक्ष्मीलाई प्रसन्न गर्ने धेरै उपायहरु बताईएको छ, माता लक्ष्मीको आगमन हुनु अघि कुनै न कुनै संकेत अवश्य हुने विश्वास गरिन्छ । सपना शास्त्रका अनुसार केही शुभ सपनाहरुले धन प्राप्तिको संकेत दिन्छन् ।

मन्दिर – सपना विज्ञान अनुसार मन्दिरको दर्शन गर्नु निकै शुभ मानिन्छ । सपनामा मन्दिरको दर्शन हुनुको अर्थ धन प्राप्त हुने संकेत हो ।

पहेंलो वा रातो फूल – सपना विज्ञान अनुसार यदि कुनै व्यक्तिले सपनामा पहेँलो वा रातो फूल देख्यो भने त्यसको अर्थ छिटै सुन प्राप्त हुन सक्छ ।

रातो साडी– रातो साडीमा महिलालाई सपनामा देख्नु लक्ष्मीको लक्षण हो । उचाई– सपना विज्ञान अनुसार सपनामा उचाइ आरोहण गर्नुको अर्थ शुभ संकेत हो, यसको अर्थ छिट्टै प्रगति हुँदैछ ।

दाँतको सफाई– यदि तपाईंले सपनामा दाँत माझ्नु भएको छ भने यो शुभ संकेत हो, यसको अर्थ तपाईलाई दयालु माता लक्ष्मीको आशीर्वाद मिल्नेछ ।

उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह – सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया