शनिबार, वैशाख १५, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० माघ १२ गते ११:३३

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया