बिहीबार, वैशाख २०, २०८१

नामिबियाविरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्दै

नेपालखोज २०८० फागुन १५ गते ११:२१

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ । नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच छन् ।

प्रतिक्रिया