शनिबार, वैशाख १५, २०८१

घट्याे सुनको मूल्यमा

नेपालखोज २०८० फागुन १६ गते ११:३७

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलमा ५ रुपैयाँले मात्र घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया