जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८० फागुन २० गते १२:०८

बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया