सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०८० फागुन २० गते १३:३४

काठमाडौं । झापाको मेची नगरपालिका–५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देविमाया विकको शनिबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–७ भालुश्वाँरामा बा.९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ नयाँसाघु बस्ने २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया