शुक्रबार, वैशाख २१, २०८१

भिभो भी ३०ः नवीन स्मार्टफोनको नयाँ अध्याय

नेपालखोज २०८० फागुन २३ गते ११:३९

काठमाडौं । प्राविधिक उत्साहीहरूका लागि बहुप्रतिक्षित स्मार्टफोन भिभो भी ३० आक्रामक मुल्य बिन्दुमा आकर्षक विशेषताहरु सहित आधिकारिक रूपमा नेपालमा सार्वजनिक भइसकेको छ ।

औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० मात्र ६०,९९९ मूल्यमा सार्वजनिक गरिएको छ । जसले, स्मार्टफोन फोटोग्राफीमा क्रान्तिकारी रुपमा परिवर्तन गर्ने वाचा गर्दै, जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । यति मात्र नभएर, भी३० लाई प्रतिस्पर्धा बाट अलग बनाउने धेरै सुविधाहरु छन् ।

प्रारम्भिक रुपमा यसको अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका क्षेत्रहरू र टाँढाको–संवेदनशील प्रकाशको साथ आकर्षक पोट्र्रेट फोटोग्राफी प्रदान गर्दछ । भी ३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रुपमा कैद गर्दछ । यी विशेषताहरु अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उपलब्ध छैन ।

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । चाहे तपाईं गेमिङ गर्दै हुनुहुन्छ, स्ट्रिमिङ गर्दै हुनुहुन्छ, वा सामाजिक सञ्जालहरु स्क्रोल गर्दै हुनुहुन्छ, भी ३० ले यी हरेक अन्तरक्रियाहरुलाई एकदमै इमर्सिभ महसुस गराउँछ । यो निकै आकर्षक स्मार्टफोन भी३० सौन्दर्य र प्रविधिको उत्कृष्ट फ्युजन हो । भने, भी३० दुई अद्वितीय रङ भेरियन्टहरू – यूभी लाइटमा गहिरो नीलो रंगमा परिवर्तन हुने पीकक ग्रीन र फ्लोराइट एजी ग्लासबाट बनेको नोबल ब्ल्याकमा उपलब्ध हुने छन् ।

भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ । तर यति मात्र होइन – भिभोले प्रि–बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा अझै मीठास् थपेको छ । भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ्ग खुल्ला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरुले रु ३००० मा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

स्टाइल र पर्फमेन्शमा निपूर्ण तथा सुलभ मुल्यमा उपलब्ध भी३० लाई आफ्नो बनाउने यो सुनौलो अवसर नछुटाउनु होस् । ग्राहकहरुले मार्च १४ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै भिभो भी३० खरिद गर्न सक्नेछन् । चाहे तपाईं अनलाइन खरिद गर्न चाहनुहुन्छ वा स्टोरमै गएर ह्यान्ड्स–अन अनुभव लिएर खरिद गर्न चाहनुहुन्छ, तपाईका लागि भिभोले दुवै सुविधा उपलब्ध गराएको छ ।

प्रतिक्रिया