नेप्सेमा ५८ अंकले वृद्धि, चार अर्ब ५५ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ५८ दशमलव ५८ अंकले बढेर २१ सय ११ दशमलव २४ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर तीन सय ७५ दशमलव १३ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८२ हजार सात सय ४६ पटकको कारोबारमा एक करोड छ लाख नौं हजार पाँच सय ९७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहकरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ३४ दशमलव एक अंकले बढेर ११ सय ३० दशमलव ५२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ८६ दशमलव ४८ अंकले बढेर चार हजार ६१ दशमलव ६२ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४२ दशमलव ४३ अंकले बढेर १८ सय ८७ दशमलव ६९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २५ दशमलव ६१ अंकले बढेर २५ सय ९३ दशमलव १० अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच सय ५७ दशमलव ८० अंकले बढेर १० हजार आठ सय चार दशमलव ४१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ३८ दशमलव ६४ अंकले बढेर ११ हजार ७४ दशमलव १३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य रसाल्ट ट्रेडिङ समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर नौं सय ९५ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन बैंकको ऋणपत्र ८०–२० को प्रतियुनिट सेयर मुल्य दुई दशमलव ५७ प्रतिशतले घटेर नौं रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता पाँच सय ५४ रुपैंयाँ अन्तिम मुल्यमा ३७ करोड १९ लाख ३३ हजार सात सय ८६ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।








प्रतिक्रिया