बिहीबार, वैशाख २०, २०८१

आगलागीबाट एक करोडको क्षति

नेपालखोज २०८० चैत ४ गते १५:२५

टक्सार (भोजपुर) । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट रु एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ ।

यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।

प्रतिक्रिया