सोमबार, वैशाख १७, २०८१

एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई हरायो

नेपालखोज २०८० चैत ५ गते ११:५०

काठमाडौं । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३.१ को सेटमा पराजित गर्‍यो । एभरेष्टले खेलको पहिलो सेट २४.२६ ले गुमाए पनि त्यसपछिको सबै सेट आफ्नो पक्षमा पार्‍यो । एभरेष्टले आर्मीमाथि २५/१७, २५/१९ र २५/२२ को जित निकाल्यो ।

जितसङै एभरेष्टले दुई खेलबाट छ अङ्क जोडेको छ । पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३.० सेटले हराएको थियो ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले एक लाख २५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया