आइतबार, वैशाख १६, २०८१

इजरायलले गर्याे गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु

नेपालखोज २०८० चैत ५ गते १५:३०

गाजा सहर । इजराइली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।

इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए । उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकूहरूसँग लड्नु रहेकामा जोड दिए ।

‘हमासका वरिष्ठ लडाकूहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजराइलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ’, उनले भने।

उनले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारवाही गरिने बताए । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ ।

प्रतिक्रिया