सोमबार, वैशाख १७, २०८१

भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो

नेपालखोज २०८० चैत ६ गते १४:५०

काठमाडौं । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्‍यो । आर्मीले कर्णालीमाथि २५-१६,२५-२३ र २५-७ को जित निकाल्यो । जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अङ्क जोडेको छ । हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३-१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले एक लाख २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया