शनिबार, वैशाख १५, २०८१

आजको विदेशी मुद्राको विनिमय दर

नेपालखोज २०८० चैत ८ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५८ पैसा छ ।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८ रूपैयाँ ७९ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

प्रतिक्रिया