आइतबार, वैशाख १६, २०८१

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित : ब्लिन्केन

नेपालखोज २०८० चैत ८ गते १५:१५

जेद्दाह । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।

ब्लिन्केनले भने, ‘वास्तवमा हामीसँग एउटा प्रस्ताव छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा बन्धकहरूको रिहाईसँग जोडिएको, तत्काल युद्धविरामको आह्वान गर्ने प्रस्ताव जुन हामीले अहिले नै अघि सारेका छौं र विश्व समुदायले यसलाई स्विकार गनेछन् भन्नेमा हामी आशावादी छौँ ।’

इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न साउदी अरबको भ्रमणका क्रममा बुधबार साँझ साउदी सञ्चारमाध्यम अल हदाथसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ यसले कडा तथा सन्देशमुलक सङ्केत दिनेछ ।’

इजरायलको मुख्य समर्थक संयुक्त राज्य अमेरिकाले यसअघि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को भिटो प्रयोग गरी प्यालेस्टिनी भूमिमा तत्काल युद्धविरामको आह्वान गर्न राष्ट्रसङ्घलाई रोकेको थियो ।

प्रतिक्रिया