शनिबार, वैशाख १५, २०८१

विदेशी मुद्राहरुको विनियम दर

नेपालखोज २०८० चैत ९ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको मूल्य थोरै घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५२ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७६ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया