सोमबार, वैशाख १७, २०८१

मौसम : आज ३ प्रदेशमा चट्याङसहित वर्षा

नेपालखोज २०८० चैत ११ गते ७:५५

काठमाडौं । आज तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, वागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

पश्‍चिमी र भारत आसामको उत्तर-पूर्वी इलाकामा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस्तै, कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। पहाडी भेगका थोरै र बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका १(२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया