सोमबार, वैशाख १७, २०८१

आज तराईमा होली पर्व मनाइँदै

नेपालखोज २०८० चैत १२ गते ९:३०

काठमाडौंं । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।

आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा मनाउने प्रचलन रही आएको छ ।

प्रतिक्रिया