आइतबार, जेठ १३, २०८१

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

नेपालखोज २०८० चैत १५ गते ८:५०

गलकोट (बागलुङ) । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसँै मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो ।

समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई रु तीन लाख नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई एक लाख ५० हजार र तृतीय टोलीलाई रु एक लाख प्रदान गरिनेछ । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई पाँच हजार पुरस्कृत गरिने छ ।

आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद दुई लाख पुरस्कार र द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया