शनिबार, वैशाख १५, २०८१

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नेपालखोज २०८० चैत १५ गते १४:३२

वासिङटन (एएफपी) । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए ।

इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए ।

सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया