शनिबार, वैशाख १५, २०८१

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

नेपालखोज २०८० चैत १६ गते १५:१३

उलान बटोर । मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबतार प्रान्त चिसोले सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ करिब १४ लाख अर्थात् कुल पशु संख्याको ३८.६ प्रतिशतको मृत्यु भएको छ ।

मङ्गोलियाको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियमा यस वर्षको जाडोमा सामान्य भन्दा धेरै हिउँ खेप्नु परेकाले देशको ८० प्रतिशत भन्दा बढी क्षेत्र सय सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ ।

मङ्गोलियाले कठोर जाडोसँगै पशुधनको ठूलो क्षति भएपछि प्रकोप तयारी र उच्च सतर्कता बढाएको छ । भूपरिवेष्ठित राष्ट्र मङ्गोलियामा खानीपछि पशुपालनलाई दोस्रो ठूलो आर्थिक स्रोतका रुपमा लिइन्छ ।

प्रतिक्रिया