मंगलबार, वैशाख १८, २०८१

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

नेपालखोज २०८० चैत २७ गते ११:२६

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा एक हजार सय ८५ निर्धारण भएको जनाएको छ ।

प्रतिक्रिया