सोमबार, वैशाख १७, २०८१

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

नेपालखोज २०८० चैत २८ गते ११:३६

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ ले बढेर एक हजार सात सय कायम भएको छ ।

प्रतिक्रिया