आइतबार, वैशाख २३, २०८१

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

नेपालखोज २०८० चैत २९ गते १०:३०

महोत्तरी । इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दूहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दू-इस्लाम अनुयायी एकापसमा शुभकामना आदानप्रदानमा व्यस्त छन् ।

‘इद मुवारक (शुभकामना) छ’, महोत्तरीको भङ्गाहा–४ रामनगरको मुसलमानटोल पुगेका हिन्दू युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्’, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दू साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । ‘हामी मुस्लिम साथीलाई भेट्न उनीहरुको घरमा पुग्दैछौँ’, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भने, ‘यहाँ खुसीको वातावरण छ ।’

प्रतिक्रिया