आइतबार, जेठ ६, २०८१

आजको विदेशी मुद्रा विनिमय दर

नेपालखोज २०८१ वैशाख २४ गते ८:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया